लुदस, काठमाडौं, साउन १०
निर्वाचन आयोग ‘हेड काउन्ट’ गर्ने निर्णयविरुद्ध जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार भएको छ।
आज न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुवै पक्षलाई छलफलका लागि डाकेको छ। इजलासले निर्वाचन आयोगको खुला इजलासमा बहस भएर आदेश भएकाले थप आदेश जारी नहुने भनेको छ।जनता समाजवादी पार्टी ९जसपा० को आधिकारिकता विवादलाई निर्वाचन आयोगले भोलि टुंगो लगाउँदै छ ।




















