लुदस,काठमाडौँ,साउन ११
निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको हस्ताक्षर यादवको पक्षमा देखिएपछि आयोगले उनलाई आधिकारिकता दिएको हो।साउन ३ र ७ गते भएको सुनुवाइपछि आयोगले सोमबार सनाखतमार्फत यादव पक्षलाई आधिकारिकता दिएको हो।
५१ सदस्यीय कार्यकारिणीय परिषदका ३४ जना सदस्यले यादवको पक्षमा सनाखत गरेका छन् भने १६ जनाले अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गरेका छन्। रेशम चौधरी भने तटस्थ बसेका छन्।