लुदस, काठमाडौं, साउन ११
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । स्थगित भएको अधिवेशनको नयाँ मिति तय गर्न कांग्रेसले मंगलबारका लागि पदाधिकारी बैठक बोलाएको हो ।क्रियाशिल छानबिन समितिले पनि मंगलबार नै सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।




















