बुटवलको चौराहा–गोलपार्क सडकखण्ड तत्काल बनाउन माग गर्दैयुवा संघद्वारा सीडीओ, परियोजना कार्यालय र ठेकेदारको ध्यानाकर्षण

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

बुटवल सँएन् १२

बुटवलको चौराहा–गोलपार्क खण्डमा खाल्डाखुल्डी, धुलो र हिलोका कारण हिंडडुलमा समेत समस्या उत्पन्न भ्नद्यै तत्काल पुरेर हिंड्नयोग्य बनाउन माग गर्दै युवा संघ नेपाल रुपन्देहीले मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देही, व्यापारिक मार्ग परियोजना कार्यालय र निर्माण कम्पनीको सम्पर्क कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको छ ।

युवा संघ रुपन्देहीका अध्यक्ष मनोज गौचनको नेतृत्वमा युवा संघका केन्द्रीय सदस्यहरु, जिल्ला सदस्य तथा सल्लाहकार, खेलकुद महासंघका सचिवालयस सदस्य सहित अगुवा युवाहरुको टोली ती कार्यालयमा पुगेको थियो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ध्यानाकर्षण पत्र बुझाउँदै युवा संघले निर्माणकम्पनीको लापरबाही र ढिलासुस्तीबाट आमसर्वसाधारणमा सास्ती पुगेको भन्दै ठेकेदार उपर तत्काल कानुनी कारबाही अगाडि बढाउन माग गरेको छ।निर्माण कम्पनीको पड्सरी स्थित सम्पर्क कार्यालयमा पुगेर युवा संघले तत्काल मर्मत सम्भार विस्तारका कामलाई अगाडि बढाउन ध्यानाकर्षण गराइएको छ । ध्यानाकर्षण अनुसार काम तत्कालै नबढाए ठेकेदारलाई आफुहरुले नै समातेर कानुनी कारबाहीका लागि प्रशासनमा बुझाउने संघको चेतावनी छ ।


प्रकाशित : २०७८ श्रावण १२, मंगलवार १०:३५