अमेरिकी राजदूत र अर्थमन्त्रीबीच शिष्टाचार भेटवार्ता

ByLumbini Darpan Online

१२ श्रावण २०७८, मंगलवार ११:१३ १२ श्रावण २०७८, मंगलवार ११:१३ १२ श्रावण २०७८, मंगलवार ११:१३

लुदस,काठमाडौं ,साउन १२

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भूकम्पपछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोग अविस्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे ।
उनले कोभिडविरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे । मन्त्री शर्माले अमेरिकी सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरूको कार्यान्वयनमा अनुगमन गरी तदारुकता दिन सरकारले ध्यान पु¥याउने प्रतिबद्धता व्यक्त गरे । कोभिडविरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेतर्फ सकारात्मक रहेको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *