
१२ साउन, लुदस काठमाडौं
सरकारले मंगलबार लुम्बिनी र गण्डकीप्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने भएको छ लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस गर्ने तयारी भएकोनेपाली कांग्रेस स्रोतले जानकारी दिएको छ । त्यस्तै, गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वी मान सिंह गुरुङलाई सिफारिस गर्ने तयारी भएको स्रोतको दावी छ । दुवै प्रदेश प्रमुखको नाम सिफारिसका लागि मंगलबार अपरान्ह मन्त्रिपरिषदको बैठक बसेको छ ।प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।