बुटवल , साउन १३
प्रदेशसभामा स्पष्ट अल्पमतमा रहेका शुंकर पोखरेललाई मुख्यमन्त्रीमा नियक्त गरेको आरोप खेपेका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखको कार्यालय पुगेर विदाई गरेका छन् ।मन्त्रिपरिषदको सिफारिसमा लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको छ ।




















