तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ गठबन्धनमा सहमति

ByLumbini Darpan Online

१३ श्रावण २०७८, बुधबार १०:२३ १३ श्रावण २०७८, बुधबार १०:२३ १३ श्रावण २०७८, बुधबार १०:२३

लुदस,काठमाडौं ,साउन १३

सत्तारुढ गठबन्धनले तत्कालै मन्त्रिपरिषद् विस्तार गर्ने सझदारी गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुबीचको बैठकले मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने समझदारी गरेको होबैठकले मन्त्रालय टुंग्याउने जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेको छ ।

त्यस्तै, नेताहरुले राजनीतिक नियुक्ति गर्दा मापदण्ड बनाएर अघि बढ्ने विषयमा समेत छलफल गरेको बताइएको छ । यसका लागि आजै पुनः आजै शीर्ष नेताहरुको बैठक बस्ने कांग्रेस नेता पूर्णबहादुर खड्काले जानकारी दिए ।

बैठकमा उपस्थित एमालेको माधव नेपाल पक्षका प्रतिनिधि विजय पौडेलले आफुहरु सरकारमा सहभागी नहुने बताएका छन् । पौडेलले नेताहरुलाई आफ्नो पार्टीमा एकताको छलफल चलिरहेका बेला सरकारमा सहभागी हुन नसक्ने बताएका छन् । पौडेलले बैठकपछि भने, हामी सरकारमा सहभागी हुन मिल्दैन, तपाईंहरूले मन्त्रीमण्डल छिटो विस्तार गरेर फटाफट काम गर्नुस् ।’

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्दै पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी भएका थिए । यसैगरी यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रचण्ड, जनता समाजवादी पार्टी जसपाबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राई सहभागी भएका थिए । राष्ट्रिय जनमोर्चाको तर्फबाट चित्रबहादुर केसी र एमालेको माधव नेपाल समूहबाट विजय पौडेल पनि सहभागी थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *