, काठमाडौं ,१४ साउन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्न कोटेश्वर पुगेका छन सत्तारुढ गठबन्धनले एमालेको नेपाल समूहलाई पनि सरकारमा सहभागी हुन आग्रह गरिरहेको छ । तर नेता नेपालले भने पार्टी एकताको प्रक्रिया चलिरहेकाले सरकारमा सहभागी हुनेबारे प्रष्ट कुरा राखेका छैनन् ।सत्ता समीकरणको भागबण्डा मिल्न नसक्दा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । मन्त्रिपरिषद्मा कांग्रेसका दुई मन्त्री र एक राज्य मन्त्री छन् भने माओवादी केन्द्रका दुई मन्त्री छन् । बाँकी मन्त्रालय प्रधानमन्त्री देउवाले नै चलाइरहेका छन् ।




















