
लुदस,काठमाडौं ,साउन १४
प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित गराउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन् । विश्व बाघ दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउने तर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको बताएका हुन ।
‘बाघका लागि जंगल आवश्यक छ। जंगल र बाघ एक अर्काको लागि आवश्यक कुरा हुन् । उनले भने, ‘बाघको बासस्थान सुरक्षित गर्न विशेष ध्यान दिनुपर्छ ।’कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपालले प्रकृति संरक्षणमा जोड दिनुपर्ने बताए ।