बुटवल, साउन १४
जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका ३ जनालाई निश्कासन गरेको पत्रसहित जानकारी प्रदेशसभा सचिवालयमा पुगेको छ ।पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको संसदीय दलका नेता सहसराम यादवले जानकारी दिए ।
सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निश्कासन गरेको पत्र प्रदेशसभामा आएको प्रदेशसभाका सचिव दुलर्भ कुमार पुनले जानकारी दिए । ‘आज साढे १ बजेको समयमा ३ जना प्रदेशसभा सदस्यलाई निश्कासन गरेको जानकारी आएको छ ।




















