लुम्बिनी प्रदेशका ३ मन्त्री सांसदबाट पदमुक्त

ByLumbini Darpan Online

१५ श्रावण २०७८, शुक्रबार १०:४१ १५ श्रावण २०७८, शुक्रबार १०:४१ १५ श्रावण २०७८, शुक्रबार १०:४१

बुटवल , साउन १५

जनता समाजवादी पार्टी जसपाका लुम्बिनी प्रदेशका ३ जना सांसद पदमुक्त भएका छन् ।प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी दिएका हुन् । सांसदबाट पदमुक्त भएका तीनै जना प्रदेश सरकारका मन्त्री पनि हुन् ।

प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको निति तथा कार्यक्रम पारित नगर्न पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधेको र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार पार्टीले उनिहरूलाई कारबाही गरेको जसपा संसदीय दलका नेता सहसराम यादवले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *