रबिन्द्र मिश्रको दस्तावेज र एमसीसीको चर्चा

ByLumbini Darpan Online

१५ श्रावण २०७८, शुक्रबार १२:३२ १५ श्रावण २०७८, शुक्रबार १२:३२ १५ श्रावण २०७८, शुक्रबार १२:३२

तिलोत्तमा ,साउन १५

टिकाराम घिमिरे

 

रबिन्द्र मिश्रले कही कतै पनि राजतन्त्र भनेका छैनन

१ संघियता मुलुकले धन्न सक्दैन तेस्को बिकल्प दिनु पर्छ भन्नु राजतन्त्रको वकालत गर्नु होइन

२ धर्म निरपेक्ष को बिकल्प हिन्दू धर्म भनेका छैनन उनले “धर्म निरपेक्ष की धर्म सापेक्ष देश भनि जनमत सङग्रह गरौ भनेका छन त्यो पनि गलत छैन ।

https://l.facebook.com/l.php?u=https%3A%2F%2Ft.co%2FHe3zQGnQMq%3Ffbclid%3DIwAR0t1pTNY1jFK3AthSo7lwc67KBomux-mIuxbK2puQVx2bAqzZ6GvgUbu-8&h=AT1I27CUF9Ci01d2URoGNL9ukUF4gU6oktRE1HXcfgn2x8csdHBEQGMtSYiyVc3YfTa4UfVRIwS1eiW2FKtRmbp-RuTxEdi8HRNN2hMp2VwNeQfMhuJobM76Q53tRnNHCxhS7cgevnToHrI

उनको पार्टीको कार्यशैली अलिक सुस्त भएको निस्चित रुपमा उनले स्वीकर्नु पर्छ तर उन्को दस्ताबेजको अपव्याख्या गरी उन्लाई राजाबादी देख्ने दृष्‍टिकोण कसैको छ भने त्यो सरासर गलत हुन जान्छ ।

एउटै एजेन्डा ,दर्शन र सिद्धान्त बोकेका बर्षौ बर्ष संगै सहकार्य र सहयात्रा गरेका पार्टी , संघ सस्थामा त ब्याक्तीका बिचार अनुसारका गुट उपगुट टुटफुट अनि जुट चलिरहेका छ्न ।

कस्को बिचार कुन समयमा कता मिल्न गयो भनेर अलमलिनु र अलमलाउनु भन्दा पनी अहिलेको नेपालमा भइरहेका राजनीतिक घटनाक्रम र भोलि के होला भन्ने कुरालाई आकलन गरौं ।

नेपालको राजनीतिमा दुई तिहाई जनमत प्राप्त कम्युनिस्ट सरकार केपी ओलिको एक्लो सनकको भरमा मात्र ढलेको छैन ,ढालिएको छ ।

देउवा पनि कम्जोर प्रतिपक्षी भएर बसेका मान्छे उन्को आफ्नो प्रयास र चाहनाले मात्र परमादेशी सरकारको नेतृत्व लिन बाध्य भएका पक्कै छैनन । त्यसैले अब अहिलेको राष्ट्रपतिको बिधाई वा यसैलाई निरन्तरताको टुंगो पछि र सांसद किनेबेच हिसाब किताबकोपनि लेखाजोखा मिलेपछि एमसीसी अनुमोदनकोलागी संसदमा पेश हुने पक्का छ ।

त्यसपछि एमसीसी जस्ताको तस्तै अनुमोदन भएपनि नभएपनी नेपालको राजनीतिले नयाँ मोड लिने निश्चित छ ।

रबिन्द्रले बिचको धारमा बसेर रोल खेल्दै गरेको देखिन्छ अन्तिममा कताको धारमा हिड्छ्न त्यो त त्यसपछिको समयले नै बताउनेछ ।

किनकी अहिले रोडमा एमसीसी को चर्को बिरोधगर्नेहरुमा पनि सबै कट्टर बिरोधि मात्र छैनन । बिरोध गरि टोपल्ने केही पात्रहरु पनि छ्दमभेषी नै छ्न ।

ताकपरे तिवारी नत्र गोतामे पाराका थी्र फुल स्टप जे होस पार्टी भित्र नै मतभेद देखिएपनी राजनीतिक परिवर्तनको नाममा मौलिक,भौगोलिक र जनभावना विपरीत लादिएका परिवर्तनहरुमा पुनर्विचारको आवाज उठ्नु स्वभाविक नै हो । उचित निकासका लागि बहस र समाधान खोज्नु जरुरी छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *