बुटवल, साउन १६
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी उपरीक्षक सुरेश काफ्लेले लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री सम्पर्कमै रहेको बताए । खत्रीको घाँटीमा समस्या भएकाले नेपालगञ्जमा उपचाररत रहेको काफ्लेले बताए । सम्पर्कमा नरहेको भन्ने समाचारहरु आएपछि काफ्लेले खत्रीलाई फोन सम्पर्क गरेका थिए । फोन रिसिभ भईसकेपछि खत्रीले घाँटीमा समस्या भएकाले नेपालगञ्जमा उपचाररत रहेको र अवस्था सामान्य रहेको जानकारी गराएकी हुन् ।