जसपाले संसदीय दलको नेता चयन गर्दै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

लुदस, काठमाडौँ, सा(उन १६

अहिले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बसिरहेको छ ।जारी बैठकले संसदीय दलको नेता चयन गर्ने कार्यक्रम रहेको छ । पार्टीका ज्येष्ठ सदस्य महिन्द्र राय यादवको अध्यक्षतामा दलको बैठक बसिरहेको छ । बैठकमा ३२ मध्ये २१ सांसदको उपस्थिति रहेको छ संसदीय दलको नेतामा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुने सम्भावना रहेको जसपाका एक सांसदले जानकारी दिए । कुनै सांसदले उम्मेदवारी दिएमा निर्वाचन गर्ने तयारी रहेको छ ।

संसदीय दलको निर्वाचनका लागि नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा सुशीला श्रेष्ठ र रमेश यादव रहेका छन् । समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिइएको छ ।

शीर्ष नेताहरूले आफ्ना धारणा राख्ने क्रम सकिएको र बाँकी सांसदहरूले बोलिसकेपछि मात्रै निर्वाचन प्रक्रिया अगाडि बढ्ने ती सांसदले जानकारी दिए । संसदीय दलको नेता चयन गरिसकेपछि सरकारमा सहभागीताबारे छलफल हुने जसपाले बताइएको छ ।


प्रकाशित : २०७८ श्रावण १६, शनिबार ०८:१२