
लुदस, काठमाडौं , साउन १६
नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउसो ३ बजे च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बस्दै छ । आजको स्थायी कमिटी बैठकमा तीन वटा अजेन्डामाथि छलफल हुने जनाइएको छ । केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र बितरणबारे बैठकमा छलफल हुनेएमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन ।

