सरकार अल्पमतमा रहेको भन्दै लुम्बिनी प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र

ByLumbini Darpan Online

१६ श्रावण २०७८, शनिबार ११:२४ १६ श्रावण २०७८, शनिबार ११:२४ १६ श्रावण २०७८, शनिबार ११:२४

 

बुटवल ,साउन १६,

लुम्बिनी प्रदेशमा शङ्कर पोखरेलको नेतृत्वमा रहेको सरकार अल्पमत रहेको भन्दै विपक्षी दलहरूले प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्रदेश प्रमुख शेरचनलाई आज स्वागत गर्न पुगेको विपक्षीहरु दलहरू नेपाली काँग्रेस , माओवादी जसपा र जनमोर्चाका सांसदहरू सरकार अल्पमत परेको र अवैध रहेको जिकिर गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

प्रदेश प्रमुख कार्यालयमा विपक्षी गठबन्धन दलका सांसदहरूले बुझाएको ध्यानाकर्षण पत्रमा वैशाख १६ गते माओवादी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले स्वतः विश्वासको मत लिनु पर्नेमा सामान्य संवैधानिक प्रक्रिया पुरा नगरी सरकार चलाएको उल्लेख छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *