मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख शेरचनलाई भेटवार्ता

[sharethis-inline-buttons]

बुटवल , साउन १६

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको पदबहाली कार्यक्रमलाई अघोषित बहिस्कार गरेको बिषयमा चौतर्फी आलोचना भएपछि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पद बहाली गरेको अर्को दिन प्रदेश प्रमुखलाई भेट्न पुगेका छन् । शुक्रबार पदभार ग्रहण गरेका शेरचनलाई पोखरेलले पदबहाली गरेको भोलिपल्ट शनिबारबिहान मात्र स्वागतसहित भेटवार्ता गरेका हुन् । भेटका अवसरमा प्रदेशको अवस्था र सरकारले हासिल गरेको सफलताका बिषयमा प्रदेश प्रमुखलाई जानकारी गराईएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।


प्रकाशित : २०७८ श्रावण १६, शनिबार ११:३४