लुदस,।काठमाडौं ,साउन १७
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई नेपाल निवास कोटेश्वर पुगेका छन । अहिले शिर्ष नेताहरुबिच छलफल चलिरहेको छ । एमाले नेता नेपाललाई सत्ता सहकार्यमा ल्याउन माओवादी अध्यक्ष प्रचण्डको प्रयास छ ।
उनीहरुबीच सत्ता सहकार्यबारे छलफल भएको स्रोतको दाबी छ ।एमाले एकता वा विभाजनको निर्णायक चरणबाट गुज्रिरहेका बेला प्रचण्ड र नेपालबीचको वार्तालाई अर्थपूर्णरूपमा हेरिएको छ ।तर नेपाल समूहभित्र सत्तामा जाने कि नजाने भन्नेमा तीव्र मतभेद छ ।
नेपाल समूह भित्रैका केहीले पार्टी एकतामा जोड दिँदै सरकारमा जान नहुने बताइरहेका छन् भने कतिपयले आफैले निर्माण गरेको सरकारमा सहभागी भएर हिस्सा लिनुपर्ने बताइरहेका छन् ।