अबदेखि सांसदहरूको तलबभत्ता पनि सरकारी बैंकबाट आउने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं , साउन १७

प्रतिनिधिसभा सांसदहरूले तलब भत्ता सरकारी बैंकबाट पाउने भएका छन्। संसद् सचिवालयले केही महिनायता पहल गरेर सांसदहरूको तलब–भत्ता सरकारी बैंकमार्फत पठाउने व्यवस्था गरेको हो ।लामो समयको निजी बैंकबाट हुँदै आएको संघीय संसद् सचिवालयको सम्पूर्ण सरकारी कारोबार पूर्णसरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्न लागिएको हो।

चालु आर्थिक वर्ष अर्थात् साउनदेखिको तलब–भत्ता अब राष्ट्रिय वाणिज्य बैंकमार्फत संसद् सचिवालयको प्रवक्ता डा। रोजनाथ पाण्डेले एक विज्ञप्ति जारी गर्दै बताएका छन्। प्रवक्ता पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ुयसअघि संघीय संसद्को बैठकमा सांसदहरूले पटक(पटक सरकारी खाता निजी बैंकमार्फत सञ्चालन गरिएको विषय उठाउनुभएको र अन्य सार्वजनिक कार्यक्रमहरू र संचार माध्यमहरूमा समेत यो बिषय उठान भएको थियो। यस विषयमा कुरा उठे पनि कार्य प्रगति हुन सकिरहेको थिएन।

सभामुखको पहलपछि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रकको कार्यालयमार्फत हालै सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाताहरू सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक मार्फत संचालन गर्न निर्देशन दिएको छ।


प्रकाशित : २०७८ श्रावण १७, आईतवार ०८:२१