माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित

[sharethis-inline-buttons]

लुदस ,काठमाडौं, साउन १७

नेकपा ९माओवादी केन्द्र०को यही साउन २० गतेका लागि बोइलाएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र आवश्यक तयारीका लागि केही समय लाग्ने भएकाले बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।बैठक साउन ३० गतेसम्मका लागि स्थगित गरिएको उनले बताए ।आज बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक स्थगित गरेको हो ।आजको स्थायी कमिटी बैठकले यही साउन ३० गतेभित्र पार्टीको वडा कमिटी गठन गर्न पनि निर्देशन दिएको छ ।


प्रकाशित : २०७८ श्रावण १७, आईतवार ०९:२२