लुदस, काठमाडौं ,साउन १७
नेकपा ९एमाले० स्थायी कमिटीको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको छ ।बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन् ।
बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालीपक्षीय स्थायी कमिटी सदस्यहरु भने उपस्थित भएका छैनन् । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक उनीहरुले बहिष्कार गर्दै आएका छन् । आजको बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने जनाइएको छ ।




















