कोरोनाको तेस्रो लहरको तयारीमा जुट्न गृहमन्त्री खाँडको निर्देशन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौँ साउन १७

गृहमन्त्री बालकृष्ण खाँडले कोरोना नियन्त्रण चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै तेस्रो लहरको तयारीमा जुट्न सुरक्षा अङ्गसहित मातहतका निकायलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आइतबार बसेको बैठकमा गृह मन्त्री खाँडले कोरोना नियन्त्रणका लागि सबैको सहकार्य र समन्वय आवश्यक रहेको भन्दै तेस्रो लहरको तयारीमा जुट्न सुरक्षा निकायसहित मातहतका निकायलाई आग्रह गरेका हुन् ।
बैठकमा गृहमन्त्री खाँड, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायत सहभागी थिए ।


प्रकाशित : २०७८ श्रावण १७, आईतवार १२:०७