लुदस,काठमाडौं ,साउन १९
सत्तारुढ गठबन्धनको बैठक साँझ फेरि बस्ने गरी भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा न्युनतम साझा कार्यक्रम तयार पार्न मंगलबार विहान बसेको कार्यदलको बैठक साझ बस्ने भएको हो । कार्यदलका सदस्यसचिव केशव जोशीका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रम मंगलबार नै टुंगो लगाउने तयारी छ ।
कांग्रेस महामन्त्री खड्का संयोजकत्वको कार्यदलमा कांग्रेसबाट डा। मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी छन् ।
कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई बुझाएपछि सार्वजनिक गरिने एक सदस्यले बताए । कार्यदलको प्रतिवेदनपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने कांग्रेस महामन्त्री एवं कार्यदलका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिए । बैठकमा गठबन्धन सरकारको साझा कार्यक्रमको मस्यौदामाथि छलफल भएको थियो ।