
लुदस, काठमाडौँ, साउन १९
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् ।घिसिङलाई आवश्यक प्रक्रिया पुरा गरेर प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त गर्न पम्फा भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जानकारी दिएको छ ।

