
बुटवल ,साउन २०
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक पूर्वाग्रहका आधारमा भूमि आयोग विघटन गर्नु सरकारको निकै ठुलो भुल भएको बताएका छन् ।मुख्यमन्त्री पोखरेलले आयोगलाई पुनस्थापित गर्नका लागि जनदवाव सिर्जना गर्न आग्रह गर्दै ‘आयोगको विघटन भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित वसोवासीको आशा र अपेक्षामाथिको घात हो । उनले भनेका छन यस प्रकारको जनविरोधी कार्यको सबैले विरोध गरौ । आयोगलाई पुनस्थापित गर्नका लागि जनदवाव सिर्जना गरौ भन्ने कुरालाई जोड दिएका छन ।
’उनले सामाजिक सञ्जालमा भनेका छन् ,राजनीतिक पूर्वाग्रहका आधारमा आयोगनै विघटन गर्नु सरकारको निकै ठुलो भुल हो । ‘कानुनतः गठन भएको र लक्षित समुदायको पहिचान र जग्गाको उपलव्धता जस्ता आधारभूत कार्यादेश स्थानियतहलाई प्रदान गरिएको अवस्थामा राजनीतिक पूर्वाग्रहका आधारमा आयोगनै विघटन गर्नु सरकारको निकै ठुलो भुल हो ।