गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

ByLumbini Darpan Online

२० श्रावण २०७८, बुधबार ०८:१७ २० श्रावण २०७८, बुधबार ०८:१७ २० श्रावण २०७८, बुधबार ०८:१७

काठमाडौं,साउन २०

गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ ।गृह मन्त्रालयमा मङ्गलबार साँझ भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको हो ।गृहमन्त्री खाँणले भेटमा सङ्घीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुद गरी देश र जनताको पक्षमा काम गर्ने बताएका थिए ।
त्यस्तै,भेटमा गृहमन्त्री खाँणले कोभिड–१९ नियन्त्रणका लागि प्रदेश २ मा पर्याप्त मात्रामा खोप उपलब्ध भए पनि प्रयोग नभएको भन्दै प्रदेश २ का जनतालाई खोप लगाउनका लागि प्रदेश सरकारले उत्प्रेरित गर्न मुख्यमन्त्री राउतसँग आग्रह गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *