काठमाडौं,साउन २०
नेकपा एमाले माधव नेपाल पक्षको बुधबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । माधव नेपाल पक्षका एमाले केन्द्रीय सदस्य मेटमणि चौधरीले उक्त बैठक बिहीबार बस्ने गरी स्थगित भएको जानकारी दिए । बैठकमा पार्टीको आन्तरिक एकता प्रयास र सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
कांग्रेस, माओवादी र जसपाका नेताहरु सम्मिलित कार्यदलले मन्त्रिपरिषदलाई पूर्णता, मन्त्री छनोट गर्ने मापदण्ड, संवैधानिक तथा राजनीतिक नियुक्ति सम्बन्धी कार्यविधि लगायतका विषयलाई समेटेर न्यूनतम साझा कार्यक्रमको खाका तयार पारेको छ । बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको हो ।