एमाले नेपाल पक्षको केन्द्रीय कमिटी जारी

ByLumbini Darpan Online

२१ श्रावण २०७८, बिहीबार १०:२४ २१ श्रावण २०७८, बिहीबार १०:२४ २१ श्रावण २०७८, बिहीबार १०:२४

 

काठमाडौँ( साउन २१

नेकपा एमालेको माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक जारी छ । नेपाल समूहले पार्टी एकता, अध्यक्ष केपी ओली पक्षले पछिल्लो समय गरिरहेका विभिन्न निर्णय तथा सरकारमा सहभागिताबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको हो। बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा ७० जना केन्द्रीय सदस्य उपस्थित छन्।बैठकमा १५ जना केन्द्रीय सदस्यले नेतृत्वलाई लिखित जवाफ पठाएका छन्।

बिहान ११ बजेका लागि बोलाइएको बैठक ढिला गरी शुरु भएको छ। केन्द्रीय कमिटी बैठकअघि सोही पार्टी प्यालेसमा स्थायी कमिटीका सदस्यहरु छलफलमा जुटेका थिए।

ओली पक्षको केही दिनअघि बसेको स्थायी कमिटी बैठकले विधान अधिवेशन तथा पार्टीको पालिका तथा वडा अधिवेशनको मिति तय गरेको थियो। स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्न ओली पक्षले यही साउन २४ गतेलाई केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *