
काठमाडौं साउन २१,
नेकपा एमालेको माधव नेपाल समूहको आजको केन्द्रीय समिति बैठक सकिएको छ । आजबो बैठकमा विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, साविता भुसाल, शेरबहादुर केसी, रवीन्द्र अधिकारी, अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायतका केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेको बैठकपछि नेता रघुजी पन्तले जानकारी दिए । उनले केन्द्रीय सदस्यहरुले विचार राख्ने क्रम जारी रहेको भन्दै शुक्रबार साढे ११ बजे पुनः बैठक बस्ने जानकारी दिए ।
बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधव कुमार नेपालले एकता र वार्ताको प्रक्रिया अघि बढिरहेको भन्दै केही विषयमा सहमति भएको र केहीमा अझै वार्ता भइरहेको जानकारी दिएको पन्तले जानकारी दिए । यस्तै बैठकमा नेकपा एमाले कार्यदलका सदस्य भीम रावलले १० बुँदे एकता प्रस्तावबारे ब्रिफिङ समेत गरेका थिए ।