
काठमाडौं , साउन २२
नेकपा एमालेको माधव कुमार नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठक आज पनि जारी छ ।काठमाडौंको बुद्धनगरस्थित एक पार्टीप्यालेसमा हिजोदेखि जारी बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै आफ्नो पक्षले आगामी दिनमा लिनुपर्ने रणनीति तय गर्न यो समुहले बैठक राखेको हो । बैठकमा आज पनि केन्द्रीय सदस्यहरुका सुझाव लिने क्रम जारी छ ।
पार्टी संस्थापनको निर्देशन विपरित मतदान गर्ने र बैठक नै बहिस्कार गर्ने नेपाल पक्षका नेताहरुबीच अहिले सरकारमा सहभागी हुने या नहुने, आफ्नो समुहलाई ओली पक्षमा मिलाउने या नमिलाउने, अलग्गै पार्टी बनाउने या ओलीसँग सहमति गर्ने लगायतका विषयमा फरक मत देखिँदै आएको छ ।एउटै समुहभित्र फरकफरक दृष्टिकोण आउँदा समस्या हुने भन्दै नेपाल पक्षले आज एकीकृत धारणा बनाउन आफु निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएको हो ।