एमाले स्थायी समिति बैठकबाट विधान संशोधन प्रस्ताव पारित

[sharethis-inline-buttons]

 

काठमाडौँ ,साउन २५

नेकपा एमालेको स्थायी समिति बैठकले चर्को विवादका बीच विधान संशोधन प्रस्ताव पारित गरेको छ ।आगामी भदौ २७ र २८ गते बोलाइएको विधान महाधिवेशनलाई लक्षित गर्दै स्थायी समितिको सोमबारको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो ।

उक्त संशोधन प्रस्ताव अब केन्द्रीय कमिटी बैठकमा लगिनेछ । उपाध्यक्ष वामदेव गौतमका अनुसार अध्यक्ष केपी ओलीले राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्तावपनि पेश गरेर त्यसलाई एकरुपता दिइएको छ ।

एमालेको यसअघिको स्थायी समिति बैठकले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरिसकेको छ । यसपछि केन्द्रीय कमिटीको बैठक पनि सोमबार नै ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने तयारी गरेको छ ।


प्रकाशित : २०७८ श्रावण २५, सोमबार ०८:१६