
काठमाडौं , साउन २५
एमालेको नेपाल पक्षदे बैठक स्थगनको माग गरेपनि त्यसलाई बेवास्ता गर्दै नेकपा एमालेको ११ औँ केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको छ। हभागी छैनन्। बैठकले आजै बसेको स्थायी कमिटी बैठकबाट पारित पार्टीको विधान संशोधन प्रस्तावलाई अनुमोदन गर्ने एजेण्डा रहेको छ ।स्थायी कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था संशोधित विधानमा प्रस्ताव गरेको छ।
स्थायी कमिटीले आज पारित गरेको संशोधित बिधान अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइ पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ। यस प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ।
नेपाल पक्षले बैठक सहित पार्टी सदस्यता वितरण, तल्ला निकायका अधिवेशनहरु स्थगित नगरिए पार्टी विभाजनतर्फ जाने चेतावनी दिँदै आएको छ । नेपाल पक्षको मागलाई बेवास्ता गर्दै ओली पक्षले भने एमालेले विधान महाधिवेशनसहितका काम तीव्र गतिमा अघि बढाएको छ।
नेपाल पक्षको मागलाई सम्बोधन गर्दै एमालदे अध्यक्ष ओलीले १ दिनका लागि बैठक स्थगित गरेर आजका लागि सारेका थिए ।

