
काठमाडौं, साउन २५
उपेन्द्र यादव अध्यक्ष भएको जनता समाजवादी पार्टीको ३५ सदस्सीय कार्यकारिणी समितिलाई निर्वाचन आयोगले अद्यापधिक गरिदिएसँगै हिजो सम्म कानुनीरुपमा अध्यक्ष रहेका महन्थ ठाकुर अब जसपाका पूर्व अध्यक्ष बनेका छन् । निर्वाचन आयोगले जसपाको कार्यकारिणी समितिको विवरणलाई अद्यावधिक गरेपछि ठाकुर पूर्व अध्यक्ष बनेका हुन् ।
यादव पक्षले आधिकारिकता पाएसँगै ठाकुर पक्षले मधेशका जिल्लाहरुमा राजनीतिक अभियान सञ्चालन गरिरहेको छ ।
उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि निर्वाचन आयोगमा नयाँ कार्यकारिणी समितिको विवरण अद्यावधिक भएको छ । आधिकारिकता पाएको यादव पक्षले पठाएको विवरण अद्यावधिक गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
आयोगले ३५ सदस्यीय नयाँ कार्यकरिणी समितिलाई अद्यावधिक गरिएको श्रेष्ठले बताए ।

