लुम्बिनीको विशेष अधिवेशन स्थगित गर्न दायर रिट न्यायाधीस प्रकाशमानसिंह राउतको इजलासमा

[sharethis-inline-buttons]

काठमाडौं ,साउन २६

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन र मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव प्रक्रिया रोक्न एमाले सांसदले दायर गरेको रिट न्यायाधीस प्रकाशमा सिंह राउतको इजलासमा परेको छ ।सर्वोच्च अदालतमा सो रिटमाथि आज सुनुवाइ हुँदैछ ।

एमाले सांसदले संविधानको धारा १६८ को उपाधारा १ बमोजिम बनेको आफ्नो पार्टीको एकल बहुमतको सरकार विरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने जिकिर गर्दै आएका छन् ।

न्यायाधीस राउतको इजलासले अन्तरिम आदेश जारी गरेमा भोलिको विशेष अधिवेशन रोकिने छ । तर इलसाले अन्तरिम आदेश जारी नगरेमा भने भोलि दिउँसो १ बजे प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्तावको प्रक्रिया अघि बढ्नेछ । आजसम्मको प्रदेशसभाको अंकगणित हेर्दा मुख्यमन्त्री पोखरेल स्वतः अल्पमतमा रहेको देखिएका छन् । एमालेको पक्षमा ३८ जना मात्र सांसद रहेका छन् । तर विपक्षी गठबन्धनको पक्षमा भने ४१ जना सांसद रहेका छन् । ८० सदस्यीय प्रदेशसभामा यो संख्या सरकार परिवर्तनका लागि सामान्य बहुमत हो । सर्वोच्च अदालतले सोमबार मात्रै जनता समाजवादी पार्टी जसपाका तीन जना सांसदलाई पदमा बहाल रहन दिनका लागि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि प्रदेशसभा ८०को संख्यामा सीमित भएको छ ।


प्रकाशित : २०७८ श्रावण २६, मंगलवार ०९:१९