
काठमाडौं , साउन २६
लुम्बिनी प्रदेशसभाको विशेष एमाले सांसदद्वारा दायर अधिवेशन आह्वानविरुद्ध गरिएको रिट मुद्दा हेर्न नभ्याइने सूचीमा पुगेको छ ।
लुम्बिनी प्रदेशसभाका ३४ सांसदहरुको समावेदनका आधारमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव माथि छलफल हुने कार्यक्रम रहेको छ ।
संविधानको धारा १६८ को उपधारा १ अनुसार एकल बहुमतको सरकार विरुद्ध संसदमा दुई वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न नपाइने भएपनि प्रदेश प्रमुखले सोही प्रस्तावमािथ छलफल गर्न विशेष अधिवेशन बोलाउनु असंवैधानिक भएको जिकिर गर्दै रिट दायर गरिएको थियो ।