काठमाडौँ ,साउन २६
अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक अवस्थाबारे श्वेतपत्र ९आर्थिक जानकारी पत्र० सार्वजनिक गरेका छन्।
संघीय प्रतिनिधिसभा बैठकमा श्वेतपत्र पढेर सुनाउँदै मन्त्री शर्माले प्रचारबाजी बजेटलाई चिर्दै आर्थिक परिसूचक सुधार गर्ने उनले बताए ।उनले प्रतिनिधिसभा बैठकमा भने, ‘सरकारी साधन स्रोत माथिको दोहन रोक्ने, आर्थिक तथा वित्तीय अनुशासन कायम गरी सार्वजनिक खर्चलाई पुँजी निर्माण र सेवा प्रवाह सुधारमा केन्द्रित गर्नेर जनतामाथि पर्न गएको ऋणभार कम गराउँदै जान विशेष प्रयास गर्नुपर्ने देखिएको छ। यसका अतिरिक्त, मुलुकको तुलनात्मक लाभको क्षेत्रहरुमा बढी लक्षित रही त्यसमध्येको विद्युत उत्पादन, व्यापार तथा आन्तरिक खपत बढाएर उत्पादनशील क्षेत्रलाई प्रवद्र्धन गर्दै आयात निर्यातबीचको खाडल कम गर्नेतर्फ जोड दिइनेछ।’
श्वेतपत्रमा उनले गैरबजेटरी खर्च बढेको उल्लेख गरेका छन्। उनले गत आवमा मात्रै सडक सञ्जालमा ३ खर्ब र रेल सञ्जालमा ५७ अर्ब रुपैयाँ गैरबजेटरी खर्च भएको उल्लेख गरेका छन्।