लुम्बिनीको मुख्यमन्त्री कुलप्रसाद केसीलाई बनाउन गठबन्धनले ४२ सांसद्को हस्ताक्षर बुझायो

[sharethis-inline-buttons]

बुटवल , साउन २७

सत्ता गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले मुख्यमन्त्रीका लागि कुलप्रसाद केसीलालाई ४२ जना सांसदको समर्थन रहेको भन्दै प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका छन ।। लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीले दाबी पेश गरेका हुन ।

केसीको पक्षमा माओवादी केन्द्रका १९, काँग्रेसका १८, जसपाका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गरेका छन् ।

प्रदेशसभामा स्पष्ट अल्पमतमा परेका शंकर पोखरेलले बुधबार अविश्वास प्रस्ताव छल्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।


प्रकाशित : २०७८ श्रावण २८, बिहीबार ०८:३०