बुटवल , साउन २८
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीयदलका नेता कुल प्रसाद केसी९सोनाम०लाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । बुधबार २२ घण्टाको समयसिमा तोकेर संविधानको धारा १६८९२० अनुसारको सरकार गठन गर्न प्रदेश प्रमुख शेरचनबाट आह्वान भए अनुसार ४२ सांसदको समर्थन रहेको हस्ताक्षर सहित माओवादी केन्द्र संसदीयदलका नेता केसीले दाबी प्रस्तुत गरेपछि प्रदेश प्रमुख शेरचनले केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।