
बुटवल, साउन ३०
लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन भाद्र १ गते हुने भएको छ । गरेका छन् । मुख्यमन्त्री कुल प्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनलेले संसद अधिवेशन आह्वान गरेका हुन् ।
सरकारले बैठकको शुरुमै संसदको विश्वासको मत लिने र त्यपछिमात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको प्रदेशको ४ दलिय गठबन्धनले जानकारी दिएको छ ।
प्रदेश सचिवालयका सचिव दुर्लभकुमार पुनले हस्ताक्षर आज टासिएको सूचनामा नेपालको संविधानको १८३९१० बमोजिम प्रदेश प्रमुख अमिक शेरचनबाट भाद्र १ गते मध्यान्ह १ बजेका लागि प्रदेशसभाको नवौं अधिवेशन आह्वान भएको बताइएको छ ।