अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई शिघ्र उद्दार गर्ने सरकारको निर्णय

[sharethis-inline-buttons]

काठमाडौं, साउन ३२

सरकारले अफगानिस्तानमा रहेका नागरिकलाई छिट्टै उद्धार गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद्को आज बसेको बैठकले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई यथाशिघ्र सकुशल उद्दार गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वयात्मक रूपले काम गर्न निर्देशन दिने।’

प्रवक्ता कार्कीले भूपू गोर्खाहरुले बेलायतको लण्डनमा जारी राखेको आमरण अनसनप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको बताए । उनले यो समस्यालाई कुटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताए । मन्त्रिपरिषद् बैठकले आन्दोलन फिर्ता लिन आह्वान गर्ने निर्णय गरेको छ ।

प्रकाशित : २०७८ श्रावण ३२, सोमबार ०८:१३