काठमाडौं, साउन ३२
सरकारले प्रदेश २ का प्रदेश प्रमुख डा। राजेश झा अहिराजलाई पदमुक्त गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेशप्रमुख अहिराजलाई पदमुक्त गरेको हो ।
उनको राजिनामासँगै उनको स्थानमा हरिशंकर मिश्रलाई नियुक्त गर्न सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । मिश्र महोत्तरीका पुराना कांग्रेसी नेता हुन् ।




















