
काठमाडौं, साउन ३२
संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज राति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गरेकी हुन ।संसद चल्ने कुनै विजनेश नभएपछि सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
संसद अधिवेशन अन्त्यको पत्र संसदका दुवै सदनमा पढेर सुनाइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभामा अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका छन् ।

