काठमाडौं, साउन ३२
उर्जामन्त्री पम्फा भुसालसँगको सहमतिमा अर्को जिम्मेवारीमा जान तयार भएको भनिएका नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले एकाएक पदमा ‘थमौती गरिपाउँ’ भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । प्राधिकरणमा कुलमान घिसिङले पदबहाल गरेको १ साता मौन बसेका शाक्यले आज एक्कासी प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । भिसीङको नियुक्ति बदर गर्न माग गर्दै परेको रिट दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ ।




















