लुम्बिनी प्रदेशका दुई सांसद्लाई पदमुक्त गर्न एमालेको पत्र

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं ,साउन ३२

नेकपा एमालेले लुम्बिनी प्रदेशका विनाविभागिय मन्त्री अजय शाही र सांसद् विमला खत्री ओलीलाई पदमुक्त गर्न पत्र पठाएको छ ।

प्रदेशसभामा एमालेका मुख्यसचेत भूमिश्वर ढकालले एमालेको सूर्य चिन्ह लिएर निर्वाचित शाही र विमला ओलीले पार्टीको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरिएको जानकारी दिए ।शाहीले आफूलाई स्वतन्त्र सांसद् भएकाले नेकपा एमालेको ह्विप नलाग्ने दाबी गर्दै आएका छन् ।


प्रकाशित : २०७८ भाद्र १, मंगलवार ०८:५८