काठमाडौं , भदौँ १
सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले आफ्ना केन्द्रीय सदस्यहरुको विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्न पठाएको छ ।एमालेले मंगलबार २६० सदस्यीय केन्द्रीय कमिटीको सूची निर्वाचन आयोग पठाएको हो ।
एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न पार्टी निर्णयको आधिकारिक माइन्युटसहित विवरण पेस गरेको छ । एमालेले माधवकुमार नेपाललाई समर्थन गर्ने ८ जना समानुपातिक सांसदहरुलाई पनि कारवाही गर्ने तयारी गरेको छ ।




















