
काठमाडौं , भदौँ
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयलाई पत्राचार गरेको छ । एमालेले नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाएको छ ।सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएकै दिनमा एमालेले वरिष्ठ नेता नेपालसहित उनीपक्षीय सांसदहरुलाई पदमुक्त गर्न पत्राचार गरेको हो ।
त्यस्तै निर्वाचन आयोगमा पनि एमालेले ती सांसदहरुलाई पदमुक्त गरेको पत्र बुझाएको छ ।पार्टीको निर्देशन र अनुशासन उल्लंघन गरेको भन्दै एमालेले उनीहरुलाई सांसद पदबाट हटाउन सचिवालयलाई पत्राचार गरेको हो ।
पदमुक्त गरिएका सांसदहरुमा नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, विरोध खतिवडा, कल्याणी खड्का, रामकुमारी झाँक्री, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, कृष्णलाल महर्जन र भवानी खापुङ रहेका छन्।

