लुम्बिनी प्रदेशकी सांसद विमला र एकराजको एकसाथ आयो चुम्बन सहितको फोटोको बिषयमा प्रतिक्रिया

[sharethis-inline-buttons]

बुटवल, भदौँ ३

लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वलीको चुम्बन सहितको फोटो सार्वजनिक भएको २ दिन पछि सांसद वलीले सो फोटोको सम्बन्धमा आपत्ति प्रकट गरेकी छिन् । बुधबार आफ्नो फेसबुक एकाउण्ट मार्फत एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सांसद वलीले फोटो इडिट गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएकी छिन् ।

उनले विज्ञप्तिमा वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफ्नो फोटो इडिट गरेर ‘फसाउन’ खोजेको आरोप लगाउँदै.पmोटो सार्वजनिक गर्नेहरुलाई साईबर स्यालको संज्ञा समेत दिएकी छन् ।सांसद विमलाले विज्ञप्तिमा राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्ने झुण्डले यस्तो गतिबिधि गरकोे आरोप लगाएकी छन् । ‘हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्र हत्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चहान्छु ।’ उनले भनेकी छन् । उनले एकाएक आफ्नो फोटो जोडेर समाचार आएकोमा आश्चर्यचकित भएको उल्लेख गर्दै आफु फोटामा आएको घटनामा सम्बन्धित नभएको र जानकारी समेत नभएको दाबी गरेकी छन् ।

उता वाइसीएल कार्यकर्ता बस्नेतले पनि आफ्नो फेसबुक आइडी कसैले ह्याक गरेको प्रतिक्रिया दिएका छन् । फेसबुकमा स्टाटस पोष्ट गर्दै बस्नेतले फोटो इडिट गरी भ्रम छर्न खोजिएको बताएका छन् । ‘मेरो फेसबुक कसैले ह्याक गरेर फोटो इडिट गरी भ्रमको खेती गरिएकोमा दुखित र गम्भीर बनाएको छ’ बस्नेतले लेखेका छन्, ‘नाताले विमला मेरो दिदी हुनुहुन्छ, राजनीतिक प्रतिशोध साधेर चरित्र हत्या र बद्नाम गर्न खोजिएको छ ।’


प्रकाशित : २०७८ भाद्र ३, बिहीबार ०८:३७