
बुटवल, भदौ ३
लुम्बिनी प्रदेशसभामा पहिलो पटक विपक्षी बेन्चमा बसेको नेकपा एमालेले आफ्नो माग पुरा नभएसम्म संसद चल्न नदिने अडान लिएपछि आजका लागि तय गरिएको प्रदेशसभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पार्टीले कारवाही गरेका दुई सांसदलाई पदमुक्त गर्ने सूचना जारी नहुँदा सम्म सदन चल्न नदिने अडान लिएपछि सभामुख पुर्ण घर्तीको निर्देशनमा सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।
एमालेले नवौं अधिवेशनको पहिलो बैठकबाटै संसद अवरुद्ध पार्दै आएको छ । एमाले अवरोधका कारण प्रदेश सभाको नवौं अधिवेशनका कुनै पनि बैठक बस्न सकेको छैन ।
आगामी बैठक भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने सूचनामा उल्लेख गरिएको छ ।आज दिउँसो १ बजे बोलाइएको प्रदेश सभा बैठक बस्दै नबसी सूचना टाँस गरी स्थगित गरिएको छ ।