नेता नेपालको साथ छाडेका नेताहरु बालकोटमा

[sharethis-inline-buttons]

काठमाडौं, भदौँ ७

नेता माधवकुमार नेपाल समुहबाट अलग भएका एमाले नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । नयाँ पार्टी दर्ता गरेपछि नेपाल समुहबाट अलग भएका एमाले नेताहरू घनश्याम भुसाल, भीम रावल, गोकर्ण विष्टलगायतका नेताहरू बालकोट पुगेर ओलीलाई भेट गरेका हुन् ।विगतमा नेपाल पक्षमा आबद्ध रहे पनि उनले नयाँ पार्टी खोल्ने कदम चालेपछि सो पक्षबाट अलग भएका नेताहरूले १० बुँदे सहमति कार्यान्वयनको माग राख्दै ओलीलाई भेटेका हुन्।

एमाले विवाद समाधान गरी एकता कायमका लागि विगतमा गठित कार्यदलले गरेको १०बुँदे सहमति कार्यान्वयनका लागि दबाब दिने उद्देश्यले भेट गरिएको एक नेताले बताएका छन् । तर अध्यक्ष ओलील भने सहमति कार्यान्वयन भैसकेको बताउँदै पार्टी बैठकमा सहभागि बन्न सुझाव दिएका छन् ।ओली पक्षका नेताहरुले १० बुँदे कार्यान्वयनमा गइसकेको बताउने गरेका छन् । तर त्यसको अनुभूति आफूहरूले गर्न नपाएको नेपाल पक्षबाट अलग्गिएका नेताहले बताउने गरेका छन् ।


प्रकाशित : २०७८ भाद्र ७, सोमबार ०८:०३